ad ad

ग्लोबल


जी२० शिखर बैठकमा सी र पुटिन दुवै सहभागी हुने

जी२० शिखर बैठकमा सी र पुटिन दुवै सहभागी हुने

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १५:५९, काठमाडौँ

आगामी नोभेम्बरमा बालीमा हुने जी २० शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै जना सहभागी हुने इन्डोनेसियाली राष्ट्रपति जो विडोडोले बताएका छन्।

‘सी चिनफिङ आउनेछन्। राष्ट्रपति पुटिनले पनि आउँछु भनेका छन्,’ विडोडोले ब्लुमवर्ग न्युजसँगको अन्तर्वार्तामा भनेका छन्।

यो युक्रेन युद्ध र ताइवान तनावपछि हुने पहिलो विश्वव्यापी शिखर बैठक हो।

२०२० मा कोरोना महामारी सुरु भएयता सीले चीन छाडेको यो पहिलो घटना हुनेछ। त्यसयता  उनी गत जुलाई १ मा हङकङ चीनले फिर्ता पाएको २५ औँ वर्षगाँठ मनाउन मुख्यभूमि छाडेर बाहिर निस्केका थिए।

सो बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागी हुने अपेक्षा गरिएको छ।

बाइडेनले पुटिनलाई भेट्छन् या भेट्दैनन्, स्पष्ट भइसकेको छैन। तर, सीसँग भने उनले वार्ता गर्ने बताइएको छ। 

पछिल्लो समय ताइवानलाई लिएर अमेरिका र चीनबीचको तनाव उच्च विन्दुमा छ। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .