भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिका र पाकिस्तानको सम्बन्धबाट दुवै पक्षलाई कुनै फाइदा नभएको बताएका छन्।
अमेरिकाले भारतको आग्रहको बाबजुद पनि पाकिस्तानलाई एफ–१६ लडाकु विमान दिने निर्णय गरेसँगै भारतीय विदेशमन्त्रीको यस्तो भनाइ आएको हो।
अमेरिकाले पाकिस्तानलाई एफ–१६ विमानको लागि ४५ करोड डलरको सहयोग दिने निर्णय गरेको छ।
जयशंकरले भने, ‘इमान्दार भएर भन्नुपर्दा यो सम्बन्ध न पाकिस्तानको लागि राम्रो छ न अमेरिकाको लागि।’
भारतीय अमेरिकीसँगको कुराकानीमा उनले भने, ‘त्यसैले अब यो सम्बन्ध अघि बढाउनु अमेरिकाको जिम्मेवारी हो।’
जयशंकरले पाकिस्तानलाई आतंकवाद नियन्त्रणको लागि दिइएको यो सहयोगमा पनि प्रश्न उठाएका छन्।
पाकिस्तानले यसको प्रयोग अन्य कामको लागि गर्ने गरेको उनको आरोप छ।
यसअघि डोनाल्ड ट्रम्पको प्रशासनले पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेका थिए।
Shares
प्रतिक्रिया