ग्लोबल


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी

इमरान खान


नेपालखबर
असोज १६, २०७९ आइतबार १९:४७, इस्लामावाद, पाकिस्तान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो।

आफ्ना एक सहयोगीलाई गैरकानुनी तरिकाले पक्राउ गरी कारबाही गरिएकोप्रति खानले सार्वजनिक कार्यक्रममार्फत आक्रोश पोखेका थिए। सोही मुद्दामा उनीविरुद्ध प्रतिआतङ्कवाद कानुनअन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको हो। 

तर उक्त मुद्दाको सुनुवाइका क्रममा अदालतले भने आतंकवादविरोधी प्रावधान हटाएको थियो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .