सन् २०२३ को सुरुवाती दिनमा सार्वजनिक स्थानमा गोली चल्ने क्रम रोकिएन।
सोमबार राति मात्रै अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ७ जनाको मृत्यु भयो। २८ वर्षीय आक्रमणकारी अड्रे हेलले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणकारी समलिङ्गी भएको प्रहरीले जनाएको छ भने आक्रमणको कारण खुलेको छैन।
तर सर्वसाधारण मारिनेगरी सार्वजनिक स्थानमा गोली चलेको पहिलोपटक भने होइन। हरेक वर्ष अमेरिकाका विभिन्न सार्वजनिक स्थानमा सामूहिक हत्या हुनेगरी यस्तो गोलाबारी हुने गरेको छ।
सन् २०२३ मा मात्रै १३७ जना सर्वसाधारण मारिएका छन्। गैरनाफामुलक संस्था 'गन भ्वाइलेन्स आर्काइभ'ले प्रहरीको तथ्यांकको आधारमा बनाएको प्रतिवेदनअनुसार सार्वजनिक स्थानमा हुने यस्ता गोलाबारीमा औषतमा ४ जना सर्वसाधारण मारिएका छन्।
सामुहिक गोलाबारी किन हुन्छ भन्नेमा आधिकारिक सहमति पाइँदैन, तर यस्ता घटना व्यक्तिगत तनावका कारण पनि हुने गरेको देखिन्छ।
अघिल्लो वर्ष मात्रै अमेरिकाका विभिन्न सार्वजनिक स्थानमा भएको गोलाबारीमा ६४७ सर्वसाधारण मारिएका थिए।
सर्वसाधारण मारिनेगरी यस्ता घटना घट्न थालेपछि अमेरिकामा एक तप्काले बन्दुक राख्न पाउने कानुनमा परिवर्तन गर्नुपर्ने आवाज पनि उठाउँदै आएका छन्।
प्रतिक्रिया