ad ad

ग्लोबल


अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ पर्नसक्ने

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ पर्नसक्ने

फाइल तस्बिर : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ८:३९, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा पक्राउ पर्न सक्नेछन्। पोर्न स्टार मामिलामा ट्रम्पविरुद्ध मुद्दा चल्न सक्नेछ।

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी सम्बन्धमा चल्नेछ।

पोर्न स्टार स्टर्मी डेनियल

यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नुपर्नेछ भन्नेबारेमा हाल जानकारी दिइएको छैन। 

तर ७६ वर्षीय ट्रम्पले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरिरहेका छन्। ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसविरुद्ध फौजदारी मुद्दा चलाइनेछ।

ट्रम्प फ्लोरिडामा बस्छन् र उनी पहिलो सुनुवाइका लागि अदालतमा उपस्थित हुनसक्ने विश्वास गरिएको छ। 

ट्रम्पको रक्षा टोलीका अनुसार पूर्व अमेरिकी राष्ट्रपतिले अर्को साता आत्मसमर्पण गर्न सक्नेछन्।

अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी गुप्तचर निकायले पाएको छ।

घटना के हो?
२०१८ जनवरीमा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले एउटा लेख प्रकाशन गर्‍यो। जसमा राष्ट्रपति ट्रम्पका तत्कालीन सल्लाहकार माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिनाअघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो।

जर्नलका अनुसार यो पैसा उनले ट्रम्पसँगको अफेयरबारे सार्वजनिक नगर्ने सर्तमा दिइएको थियो। 

कानुनी रूपमा यो भुक्तानी अवैध थिएन। तर ट्रम्पले कोहेनलाई भुक्तानी गर्दा यसलाई कानुनी शुल्कका रूपमा रेकर्ड गरे।

न्युयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजात हेरफेर गरेको घटना हो, जुन न्युयोर्कमा अपराध मानिन्छ। 

न्युयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजात हेरफेर गरेको घटना हो, जुन न्युयोर्कमा अपराध मानिन्छ। 

सरकारी वकिलले पनि यस मामिलामा ट्रम्पविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको अभियोग सक्छन्। किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरेका थिए ताकि आफ्नो र डेनियलबीचको सम्बन्ध मतदाताहरूले थाहा नपाउन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .