ad ad

ग्लोबल


अमेरिकी आकाशमा उडेको ‘रहस्यमयी’ भनिएको विमान दुर्घटना, चारै जनाको मृत्यु

अमेरिकी आकाशमा उडेको ‘रहस्यमयी’ भनिएको विमान दुर्घटना, चारै जनाको मृत्यु

दुर्घटनास्थलमा जाँदै उद्वार टोली


नेपालखबर
जेठ २३, २०८० मंगलबार ९:२४, काठमाडौँ

आइतबार दिउँसो अमेरिकी आकाशमा एक अज्ञात जहाज उड्यो। राजधानी वासिङ्टन डिसी नजिकै भएर उक्त जहाज ठूलो आवाज निकाल्दै उडेको थियो।

उक्त जहाज भर्जिनियामा दुर्घटना भएको घटना सार्वजनिक भएको छ। विमानमा सवार चारै जनाको मृत्यु भएको ह्वाइट हाउसले पुष्टि गरेको बीबीसीले लेखेको छ। 

अज्ञात जहाजका पाइलटले  उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुनै सम्पर्क गरेका थिएनन्। आफ्नो आकाशमा अनुमतिबिनै जहाज उडेपछि त्यसलाई अमेरिकी सेनाका दुई जहाजले पछ्याएका थिए। अमेरिकी लडाकु विमानहरूले पछ्याउँदा विमान अनियन्त्रित भएर भर्जिनियाको शेनान्दोह उपत्यकाको ग्रामीण भागमा दुर्घटना भएको हो।

जहाज पछ्याउँदै अमेरिकी सेनाका दुई लडाकु जहाज एफ-१६

स्थानीय प्रहरीका अनुसार उद्धारकर्ताहरू दुर्घटनास्थलमा पुग्दा जहाजमा सवार कोही पनि जीवित फेला परेका थिएनन्।

उक्त जहाज इन्कोर मोटर्स मेलबर्न कम्पनी रहेको खुलेको छ भने जहाजमा उक्त कम्पनीका सञ्चालक जोन रम्पेलकी छोरी र नातिनी तथा एक कामदार रहेको बताइएको छ। रम्पेलले उनीहरू क्लारलाइनमा बिदा मनाएर न्युयोर्क फर्किन लागेको बेला दुर्घटना भएको बताएका छन्।

उड्डयन प्राधिकरणका कर्मचारीले सम्पर्क गर्न खोज्दा पाइलट किन सम्पर्कमा आएनन् भन्ने खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .