ग्लोबल


भारतमा चल्दै छ भीषण आँधी : भारतीय मौसम विभाग

भारतमा चल्दै छ भीषण आँधी : भारतीय मौसम विभाग

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार ९:५४, काठमाडौँ

भारतमा आएको चक्रवाती तुफान ‘बिपरजोय’ आगामी ६ घण्टामा ‘अत्यन्त भीषण गम्भीर चक्रवाती आँधी’मा परिणत हुने चेतावनी त्यहाँको मौसम विभागले जारी गरेको छ। 

विभागका अनुसार चक्रवाती आँधी बिपरजोय जुन १५ तारिखसम्म पाकिस्तानको तटीय क्षेत्र र त्यससँगैको सौराष्ट्र र कच्छसम्म निकै भीषण स्वरुपमा पुग्न सक्नेछ।

पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ। तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ। अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ।

केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ। बिस्तारै बलियो बन्दै गएको चक्रवात बिपरजोय आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ।

आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूलाई सल्लाह दिएको छ। जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र जुन १२ देखि १५ सम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा मत्स्य पालन नगर्न आग्रह गरिएको छ।

सौराष्ट्र र कच्छमा, माछा मार्नेहरूलाई जुन १५ सम्म तटबाट टाढा रहन सल्लाह दिइएको छ।

आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यससँगै आगामी पाँच दिनसम्म सौराष्ट्र–कच्छ र दिवका सबै जिल्लामा ३० देखि ५० किलोमिटरको गतिमा हावा चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad