सुडानमा युद्ध सुरु भएको छ महिनामा झन्डै चार हजार मानिस मारिएको तथा हजारौँ घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
सुडानमा जारी मानवीयता विरोधी गतिविधि तथा लडाइँका कारण लाखौँ मानिस छिमेकी राष्ट्र दक्षिण सुडान र चाडमा गएको राष्ट्रसङ्घका मानव अधिकारवादीहरूले बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को रिपोर्टअनुसार अप्रिलदेखि अगष्ट महिनासम्मको अवधिमा अधिकांश हताहतीका घटनाहरू पश्चिम डार्फरमा भएका छन्।
त्यहाँको जातीयताका कारण युद्ध भएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका मुख्य प्रवत्तmा स्टेफन डुजारिकले बताए। ‘डार्फरमा २९ वटा सहर, नगर र गाउँमा लुटपाट गरिएको छ। ती क्षेत्रलाई ध्वस्त पारिएको छ,’ उनले भने।।
युएनएचसीआर र साझेदारहरूले उत्तर र पश्चिम डार्फरका विस्तथापित परिवारलाई राहत सामाग्रीहरू उपलब्ध गराएको जानकारी दिँदै उनले भने, ‘हामी शरणार्थीसहित सर्वसाधारण र आन्तरिकरूपमा विस्थापितहरूलाई मानवीय सहयोग उपलब्ध गराउन मार्ग प्रशस्त गर्न अनुरोध गर्दछौँ।’
सुरुमा राजधानी खार्तुममा सुडानी सशस्त्र बल र सहयोगी फोर्सबीच लडाइँ सुरु भएसँगै देशभर फैलिएको थियो । हिंसाले हजारौँ नागरिकलाई सुडान र छिमेकी मुलुकहरूमा सुरक्षित स्थानमा भाग्न बाध्य पारेको थियो।
दक्षिणी सुडानमा मानवीय संयोजक मारी–हेलेन भर्नीले साताहरू बित्दै जाँदा मानिसहरू कम स्रोत र कमजोर स्वास्थ्यसहित आइरहेको बताए। सुडानमा अवस्था अझ खराब हुँदा आउने मानिसमा कुपोषणको स्थिति पनि बढिरहेको छ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन र यसका साझेदारहरूले एक लाख ५० मानिसलाई उनीहरूको अन्तिम गन्तव्यमा पुग्न मद्दत गरेका छन्।
सुडानबाट आएका हजारौँ बालबालिकाको जीवन बचाउन पोषणयुक्त सामग्री उपलब्ध गराउन आवश्यक रहेको मानवअधिकारवादीहरूले बताएका छन्। रासस
Shares

प्रतिक्रिया