ad ad

ग्लोबल


६ जना सवार अमेरिकी सैन्य विमान जापानमा दुर्घटना

६ जना सवार अमेरिकी सैन्य विमान जापानमा दुर्घटना

नेपालखबर
मंसिर १३, २०८० बुधबार १७:९,

६ जना सवार एक अमेरिकी सैन्य विमान जापानमा दुर्घटनाग्रस्त भएको छ। दक्षिणपश्चिमी जापानको याकुसिमा टापुनजिक समुद्रमा खसेको बताइएको छ।

दुर्घटनास्थलमा एक व्यक्ति मृत फेला परेको जापानी कोस्ट गार्डले बताएको छ। सीभी–२२ अस्प्री हाइब्रिड विमान दुर्घटना भएको थियो।

विमानको एउटा टुक्राको फोटो पनि कोस्ट गार्डले सार्वजनिक गरेको छ।

बुधबार याकुसिमा विमानस्थलमा अवतरणको प्रयास गर्दा सो विमानको बायाँ इन्जिनमा आगो लागेको थियो।ु

विमानले केहीबेर चक्कर लगाएपछि विस्फोट भएको समुद्रमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

सो विमान पश्चिम जापानको यामागुचीस्थित इवाकुनी सैन्य शिविरबाट ओकिनावातर्फ जाँदै थियो।

कोस्ट गार्डले विमानको खोजीमा ६ वटा डुंगा र दुई वटा हेलिकोप्टर पठाएको थियो।

अस्प्रीले हेलिकोप्टर र टर्बोप्रप विमान दुवैले जसरी काम गर्न सक्छ।

जापानमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक बसेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .