रुसी सेनाको हेलिकोप्टरसहित भागेर युक्रेन पुगेका पाइलट स्पेनमा मारिएका छन्। उनको गोली हानी हत्या गरिएको बताइएको छ।
गत अगस्ट ९ मा म्याक्सिम कुज्मिनोव नामक पाइलटले एमआई ८ हेलिकोप्टरसहित युक्रेनी भूमिमा अवतरण गरेका थिए। आत्मसमर्पणपछि उनी स्पेन पुगेका थिए।
उनले आफ्नी पूर्वपत्नीलाई पनि स्पेनमै बोलाएको युक्रेनी पत्रिकाले जनाएको छ।
स्पेनको पूर्वी तटीय सहर भियाजयोसामा उनी मृत फेला परेका हुन्।
घटनास्थलनजिकै जलेको कार फेला परेको छ। जसलाई आक्रमणकारीले प्रयोग गरेको आशंका गरिएको छ।
युक्रेनले ५ लाख डलर, नयाँ कागजात र परिवारको सुरक्षा गर्ने आश्वासन दिएपछि आफूले सो कदम चालेको उनले बताएका थिए। एजेन्सी
909
Shares
प्रतिक्रिया