ग्लोबल


चिनियाँ अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु

चिनियाँ अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु

नेपालखबर
फागुन १२, २०८० शनिबार १५:४७,

पूर्वी चीनमा एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ। घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ।

नानचिङ सहरमा सो आगलागी भएको थियो। 

इलेक्ट्रिक बाइक राखिएको भवनको पहिलो तलाबाट आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। तर, आगलागीको कारण पनि स्पष्ट भइसकेको छेन।

नानचिङ ८० लाखभन्दा बढी मानिस बस्ने सहर हो। यो सांघाइबाट २६० किमि टाढा छ। 

शुक्रबार बिहान ४ः४० मा आगो लागेपछि २५ वाहन र १३० अग्निनियन्त्रक खटाइएको थियो। ६ बजे आगो नियन्त्रणमा आएको थियो।

उपचाररत ४४ घाइतेमध्ये एकको अवस्था नाजुक रहेको बताइउको छ। 

नानचिङका मेयर चेन चिचाङले पीडितहरुप्रति समवेदना प्रकट गर्नुका साथै उनीहरुसँग माफी पनि मागेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .