ग्लोबल


सिरियामा इजरायली हवाई आक्रमण, कम्तीमा ३ जनाको मृत्यु

सिरियामा इजरायली हवाई आक्रमण, कम्तीमा ३ जनाको मृत्यु

नेपालखबर
फागुन १३, २०८० आइतबार १९:४०, काठमाडौँ

मध्य सिरियाको होम्स प्रान्तमा आइतबार इजरायली हवाई आक्रमणमा परी  ३ जना सर्वसाधारणको मृत्यु भएको छ।

अल-वतन अखबारका अनुसार दक्षिणपश्चिमी होम्सको अल-कुसाइर क्षेत्रमा दुईवटा नागरिक सवारी साधनलाई निशाना बनाएर आक्रमण गरिएको थियो।

यसैबीच, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा दुई हिजबुल्लाह सदस्य मारिएको बताएको छ।

यो हवाई आक्रमण सिरियामा इजरायली आक्रमणको शृङ्खलाको पछिल्लो घटना हो। इजरायलले हालै इरानी मिलिशियासँग संलग्न व्यक्तिहरू विरुद्ध हत्या प्रयास गरेको छ।

अब्जरभेटरीले आइतबार प्रतिवेदनमा इजरायलले  सन् २०२४ को शुरुदेखि सिरियामा  हालसम्म १६ वटा आक्रमण गरेको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad