ad ad

ग्लोबल


पश्चिमलाई पुटिनको चेतावनी : तिम्रो भूमिमा हान्नसक्ने हतियार हामीसँग पनि छ

पश्चिमलाई पुटिनको चेतावनी : तिम्रो भूमिमा हान्नसक्ने हतियार हामीसँग पनि छ

नेपालखबर
फागुन १७, २०८० बिहिबार १९:२४,

युक्रेनलाई पश्चिमा मुलुकहरुको सहयोगले विश्वयुद्ध सुरु गर्ने खतरा रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

बिहीबार स्टेट अफ द युनियन सम्बोधनमा उनले पश्चिमाहरुलाई युक्रेनको भूमिमा सैनिक नपठाउन पनि चेतावनी दिए।

‘उनीहरुले यो कुरा बुझ्नैपर्छ, हामीसँग पनि तिनको भूमिमा हान्नसक्ने हतियार छ,’ युक्रेनमा सेना पठाउन चाहने मुलुकहरुलाई पुटिनको चेतावनी थियो।

पुटिनले थपे, ‘युक्रेनलाई आधुनिक हतियार आपूर्ति र सेना पठाउने छलफलले वास्तवमै आणविक हतियार प्रयोग हुने द्वन्द्वको खतरा उत्पन्न गर्छ। जसको अर्थ हुन्छ, सम्पूर्ण सभ्यताको विनाश। उनीहरुलाई लाग्छ, यो कुनै खेल हो। आफ्नै सर्वोच्चताको भ्रमले उनीहरुको आँखा नदेख्ने भएका छन्।’

हालै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले युक्रेनमा सैनिक पठाउन सकिने सम्भावनालाई खारेज गर्न नमिल्ने बताएका थिए। तर, अमेरिका, जर्मनी  र बेलायतजस्ता मुलुकले सो सम्भावना नरहेको बताएका छन्।

‘सार्वभौम, सुदृढ रुसबिना कुनै स्थिर विश्वव्यवस्था कायम हुन सक्दैन,’ पुटिनले भने। एजेन्सी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .