ग्लोबल


गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा स्वीकृत

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा स्वीकृत

नेपालखबर
चैत १३, २०८० मंगलबार ७:०, काठमाडौँ

गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् (यूएनएससी) मा ल्याइएको प्रस्ताव सोमबार स्वीकृत भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन।

चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा प्रस्ताव पेस गरिएको जानकारी दिएको थियो।

यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गरेको बताए।

उनले यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मेहनतको प्रशंसा गरेको पनि बताए।\

अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजामा इजरायली सेनाले थालेको हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .