ad ad

ग्लोबल


राहुल गान्धीको चेतावनी : भाजपा सरकार हटेपछि सीबीआई, ईडीमाथि कडा कारबाही हुन्छ

राहुल गान्धीको चेतावनी : भाजपा सरकार हटेपछि सीबीआई, ईडीमाथि कडा कारबाही हुन्छ

नेपालखबर
चैत १६, २०८० शुक्रबार १८:४६,

भारतको प्रमुख विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले सीबीआई, ईडी लगायत अनुसन्धान एजेन्सीहरुले भाजपाका लागि काम गरेको आरोप लगाएका छन्। 

उनले भाजपाको सरकार ढलेपछि ती एजेन्सीमाथि कारबाही गरिने पनि बताए।

‘यी संस्थानहरुले आफ्नो काम ठिकसँग गरेको भए कुनै समस्या हुने थिएन। यी एजेन्सीहरुले सोच्नुपर्छ, कुनै दिन भाजपाको सरकार बदलिनेछ।त्यसपछि तीविरुद्ध कारबाही हुनेछ,’ गान्धीले भनेका छन्।

‘र, म ग्यारेन्टी दिन्छु त्यो कारबाही कडा हुनेछ। त्यसपछि कुनै पनि एजेन्सीले यस्तो फेरि यस्तो काम गर्ने हिम्मत गर्नेछैनन्,’ उनले थपे।

आयकर विभागले पार्टीलाई १८ अर्बभन्दा बढी जरिवाना तिर्न सूचना पठाएपछि गान्धीले यस्तो प्रतिक्रिया जनाएका हुन्। 

चुनावको मुखैमा आएर सरकारले कंग्रेसको खाता रोक्का गरिदिएको छ। २०१९ मा आयकर तिर्न ढिलाइ गरेको भन्दै अहिले सो पार्टीलाई विभागले सताएको कंग्रेसको भनाइ छ।

यसबाट पार्टीले चुनाव प्रचारको काम गर्न नपाएको कंग्रेस नेताहरुले बताएका छन्। 

भारतमा अप्रिल १९ बाट ७ चरणमा लोकसभा चुनाव हुँदैछ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .