ग्लोबल


पाँच वर्षपछि युरोप भ्रमणमा सी चिनफिङ, व्यापार युद्ध टार्नु मुख्य एजेन्डा

पाँच वर्षपछि युरोप भ्रमणमा सी चिनफिङ, व्यापार युद्ध टार्नु मुख्य एजेन्डा

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १३:५२,

चिनियाँ राष्ट्रपति पाँच वर्षपछि पहिलो पटक युरोप भ्रमणमा निस्केका छन्। 

उनी आफ्नो पहिलो गन्तव्य फ्रान्स पुगिसकेका छन्। जहाँ उनले राष्ट्रपति इम्यानुएल म्याक्रोँ र युरोपेली आयोग अध्यक्ष उर्सुला भान डेर लेयनसँग वार्ता गर्नेछन्।

त्यसपछि उनले सर्बिया र हंगेरी भ्रमण गर्नेछन्। यी दुवै रुससँग निकट सम्बन्ध कायम राखेका मुलुक हुन्। सर्बियामा बेलग्रेडस्थित चिनियाँ दूतावासमा नेटो बमबारीको २५ औँ स्मृति दिवसमा सी सहभागी हुनेछन्।

उनको भ्रमणको मुख्य एजेन्डा युरोपसँग सम्बन्ध सुधार र युरोपले लगाउन खोजेको आर्थिक प्रतिबन्धहरुलाई टार्नु भएको बताइएको छ। 

युक्रेनमा आक्रमण गरेको रुससँग चीनले निकट सम्बन्ध कायम राखेकोमा पश्चिमा शक्तिहरु क्रुद्ध छन्। उनीहरुले चिनियाँ व्यवसाय र आयातमाथि विभिन्न खालका प्रतिबन्ध लगाउन खोजिरहेका छन्। 

त्यस्तै युरोप चिनियाँ कम्पनीका कारण आफ्नो उद्योग गुम्न सक्ने चिन्तामा पनि छ।

गत साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले यो भ्रमणलाई चीन–ईयू सम्बन्ध सुधारको मौका बनाउन बेइजिङ तयार रहेको बताएका थिए।

सोमबारको शिखर बैठकपछि म्याक्रोँ र उनकी पत्नी ब्रिजिटले सी र उनकी पत्नी पेङ ल्युआनका लागि राजकीय भोज आयोजना गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .