ग्लोबल


आणविक हमलाबाट बाँचेका जापानीहरूको समूहलाई नोबेल शान्ति पुरस्कार

आणविक हमलाबाट बाँचेका जापानीहरूको समूहलाई नोबेल शान्ति पुरस्कार

नोबेल शान्ति पुरस्कार


नेपालखबर
असोज २५, २०८१ शुक्रबार १८:७, काठमाडौँ

जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक विस्फोटमा बाँचेकाहरूको समूह निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

बीबीसीका अनुसार ओस्लोमा आयोजित एक कार्यक्रममा यो घोषणा गरिएको हो।

कार्यक्रममा नोबेल समितिका अध्यक्ष जोर्गेनसेन फ्रेडनेसले यो समूहले आणविक निषेध कार्यक्रममा महत्वपूर्ण योगदान दिएको बताए। 

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि २८६ जना उम्मेदवार मनोनयनमा परेका थिए जसमा १९७ व्यक्ति र ८९ संस्था छन्।

निहोन हिडान्क्योको वेबसाइटका अनुसार सन् १९५६ मा स्थापना भएको यो संस्थाले जापानमा भएको आणविक हमलाबाट बचेकाहरूलाई विश्वभर पठाउँछ।

समूहका मानिसहरूले विश्वभरका मानिसहरूलाई आणविक हतियारले गर्दा हुने भयानक विनाश र यसले निम्त्याउने पीडाका विषयमा जानकारी गराउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad