ग्लोबल


क्यानडाका प्रधानमन्त्री भन्छन् : भारतले भयंकर गल्ती गर्‍यो

क्यानडाका प्रधानमन्त्री भन्छन् : भारतले भयंकर गल्ती गर्‍यो

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १४:४०,

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले ‘भयंकर गल्ती’ गरेको आरोप लगाएका छन्। गत वर्ष क्यानडामा मारिएका सिख पृथकतावादी नेताको हत्यामा दिल्लीको हात भए त्यसलाई बेवास्ता गर्न नसकिने उनको भनाइ छ।

दुई दिनअघि मात्र क्यानडामा हत्या, असुली र अरु अपराधमा भारत संलग्न रहेको आरोप क्यानडेली अधिकारीहरूले लगाएका थिए।

लगत्तै सोमबार दुवै मुलुकले एकअर्काका कूटनीतिज्ञलाई देशनिकाला गरेका थिए। जसले पहिले नै तनावपूर्ण सम्बन्धमा अझ तिक्तता थपेको थियो।

भारतले भने क्यानडाले लगाएका आरोपहरूको कुनै पनि प्रमाण अहिलेसम्म आफूहरूलाई नदिएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो व्यवहारले द्विपक्षीय सम्बन्धमा पार्ने असरको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ट्रुडोको भएको बताएका छन्।

जुन २०२३ मा क्यानडेली नागरिक हरिदीप सिंह निज्जरको हत्या भएको थियो। उनी खालिस्तानी आन्दोलनका समर्थक थिए। 

पछि यो घटनामा प्रहरीले भारतीय नागरिकलाई अभियोग लगाएको छ।

सोमबार क्यानडेली प्रहरीले खालिस्तानी आन्दोलनसँग जोडिएका एक दर्जनभन्दा बढी व्यक्तिको जीवनमा खतरा रहेको खुलासा पनि गरेको थियो। त्यसमा भारत सरकारका एजेन्ट संलग्न रहेको प्रहरीको आरोप छ। 

क्यानडाको आरोपपछि अमेरिका र बेलायतले भारतलाई क्यानडाको कानुनी प्रक्रियामा सघाउन आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad