इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरमा ड्रोन हमला भएको छ। उत्तरी इजरायलको सिजरियामा रहेको उनको घरमा शनिबार ड्रोन आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।
लेबनानतर्फबाट ३ वटा ड्रोन हमला भएकोमा एउटा ड्रोन नेतन्याहूको घरमा खसेको थियो। तर त्यहाँ उनी नबस्ने भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ।
अन्य २ वटा ड्रोन भने सफलतापूर्व आकाशमै इजरायली सेनाले नष्ट गरेको समाचारमा उल्लेख गरिएको छ।
नेतन्याहू भने प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका छन्। इजरायलमा सन् १९७४ देखि नै प्रधानमन्त्रीका लागि सरकारी निवास बनाइएको छ।
804
Shares

प्रतिक्रिया