ग्लोबल


आफ्नो निवासमा ड्रोन हमलापछि इजरायली प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया

आफ्नो निवासमा ड्रोन हमलापछि इजरायली प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार २०:५४, काठमाडौँ

आफ्नो निवासलक्षित ड्रोन हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूलाई कुनै पनि कुराले रोक्न नसक्ने र विजय हासिल नहुँदासम्म हमासविरुद्धको युद्ध जारी रहने बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा नेतान्याहुले भनेका छन्, ‘हामीले हमास नेता याह्या सिनवारको हत्या गरेका छौँ।’

नेतान्याहुले आफूहरू अन्त्यसम्म युद्धमा अगाडि बढिरहने अडान व्यक्त गरेका छन्। 

बीबीसीका अनुसार उत्तरी इजरायलको सिजरियास्थित नेतान्याहुको निवासमा शनिबार ड्रोन आक्रमण भएको हो।

लेबनानतर्फबाट ३ वटा ड्रोन प्रहार गरिएकामा एउटा नेतन्याहुको घरमा खसेको तर त्यहाँ उनी नबस्ने भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ।

यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका केही भागका मानिसहरूलाई थप कारबाहीका लागि आफ्ना घर खाली गर्न आग्रह गरेको छ।

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा भनेका छन्, ‘तिमीहरू हिजबुल्लाहसँग सम्बन्धित भवनहरू नजिकै बसिरहेका छौ। जसविरुद्ध इजरायली सेनाले आगामी दिनमा कारबाही गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad