ग्लोबल


बिहारका सांसद पप्पु यादवलाई लरेन्स गिरोहबाट ज्यान मार्ने धम्की, मागे सरकारसँग गुहार

बिहारका सांसद पप्पु यादवलाई लरेन्स गिरोहबाट ज्यान मार्ने धम्की, मागे सरकारसँग गुहार

फाइल तस्बिर: लोकसभा सांसद पप्पु यादव


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार ६:४४, काठमाडौँ

भारतीय राज्य बिहारको पूर्णियाका लोकसभा सांसद पप्पु यादवलाई लरेन्स विष्णोई गिरोहबाट ज्यान मार्ने धम्की आएको छ। 

पप्पु लाई धम्की दिइएको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

पप्पु यादवले सोमबार समाचार एजेन्सी एएनआईलाई भने, ‘मैले सामाजिक न्यायको लडाइमा धेरै उतारचढाव भोगेको छु। तर मेरो जीवनमा कसैसँग व्यक्तिगत झगडा छैन।’

उनले अगाडि भनेका छन्, ‘म देशको हितमा झारखण्ड गठबन्धनका लागि काम गर्दै छु। अब मेरो सुरक्षाको जिम्मेवारी सरकारको हो।’

लरेन्स तिनै गुन्डा नाइके हुन्, जसले बलिउड अभिनेता सलमान खानलाई पनि मार्ने धम्की पटकपटक दिएका छन्। लरेन्स हाल भने जेलमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad