भिसाका सर्त उल्लंघन गरेको आरोपमा मंगलबार साँझ पश्चिमी प्रान्तबाट ६ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको श्रीलंका प्रहरीले बुधबार जनाएको छ।
उनीहरूलाई बन्दारनायके अन्तर्राष्ट्रिय विमानस्थलनजिकको क्षेत्र सिडुवाको निवासमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरूमा १८ देखि ४३ वर्ष उमेरसम्मका मानिस छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार मन्त्रिमण्डलका प्रवक्ता विजिता हेराथले भिसा अवधि नाघेका वा भिसाका सर्त तथा नियम उल्लंघन गर्ने गतिविधिमा संलग्न हुने विदेशीविरुद्ध सरकारले आवश्यक कदम चालेको बताउनुभएको थियो।
51
Shares

प्रतिक्रिया