भारतस्थित उत्तराखण्डको अल्मोडामा करिब ४० यात्रुले भरिएको बस गहिरो खाडलमा खसेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्टनजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ।
मृत्यु हुनेको संख्या बढ्न सक्छ। एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन्।
जानकारीअनुसार सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो। बसमा ४० भन्दा बढी यात्रु सवार थिए।
साल्ट कुपनजिकै चालकले बसको नियन्त्रण गुमाए। केही बेरमै बस गहिरो खाल्डोमा खस्यो। बस खसेलगत्तै यात्रुबीच चिच्याहट मच्चिएको थियो।
दुर्घटनाको भिडिओ-
— Hindustan (@Live_Hindustan) November 4, 2024#WATCH | उत्तराखंड के अल्मोड़ा में सोमवार सुबह दर्दनाक हादसा हुआ। सल्ट के पास बस खाई में गिर जाने से कई लोगों की मौत हो गई है।#Almora #BusAccident pic.twitter.com/tgeaOaOEKO
Shares

प्रतिक्रिया