ग्लोबल


हार स्वीकार गर्दै कमलाले भनिन्–राष्ट्रपति वा कुनै पार्टी होइन, देशको संविधानप्रति वफादार हुन्छौं

हार स्वीकार गर्दै कमलाले भनिन्–राष्ट्रपति वा कुनै पार्टी होइन, देशको संविधानप्रति वफादार हुन्छौं

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १३:३, काठमाडौँ

अमेरिकाको राष्ट्रपतिमा पराजित डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले पराजयलाई स्वीकार गरेकी छिन्।

चुनावी पराजयपछि हार्वर्ड विश्वविद्यालयमा आफ्ना सर्मथकहरुलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएको र शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरणमा सहयोग गर्ने बाचा गरेको जानकारी दिइन्। 

‘हामीले यो चुनावको नतिजा स्वीकार गर्नुपर्छ,मैले राष्ट्रपति निर्वाचित ट्रम्पसँग कुराकानी गरेँ र बधाई दिएँ,’ ह्यारिसको भनाइ छ, ‘मैले उनी र उनको टिमलाई संक्रमणका लागि सहयोग गर्ने कुरा पनि भनेँ। र, हामी शक्तिको शान्तिपूर्ण हस्तान्तरणमा पनि सहभागी हुनेछौं।’

हार स्वीकार गर्ने नै अमेरिकी प्रजातन्त्रको आधारभुत सिद्दान्त भएको उनको भनाइ छ। ह्यारिसले भनिन्, ‘अमेरिकी प्रजातन्त्रको आधारभुत कुरा भनेको हामी चुनाव हारेपछि त्यसको परिणामलाई स्वीकार गर्छौं। यसले नै प्रजातन्त्र र राजतन्त्रबीचमा फरक देखाउँछ।’

उनले आफूहरुको वफादारीता राष्ट्रपति वा कुनै दलप्रति नभई देशको संविधानसँग हुने समेत उद्घोष गरिन्। ‘कसैले जनताको विश्वास खोज्छ भने त्यसलाई सम्मान गर्नुपर्छ,’ ह्यारिसको भनाइ छ, ‘त्यसरी नै हाम्रो देशमा हामी राष्ट्रपति वा कुनै पार्टी होइन, अमेरिकाको संविधानप्रति वफादार हुन्छौं।’

चुनाव हारे पनि अमेरिकी जनताको उज्वल भविष्य र उनीहरूको न्यायका लागि लड्न नछोड्ने प्रतिवद्धता ह्यारिसले जनाइन्। ‘म अमेरिकीको उज्वल भविष्यका लागि लड्न छोड्ने छैन,’ उनको भनाइ छ, ‘अमेरिकी महिलाहरुलाई आफ्नो शरीरबारे आफैं निर्णय गर्ने अधिकार छ, कुनै सरकारलाई होइन। स्कुल र सडकलाई बन्दुकको हिंसाबाट जोगाउनलाई लड्न छोड्ने छैन। कानुनी शासन र समान न्यायका लागि लड्न छोड्ने छैन।’

उनले आफ्ना युवा उमेर समूहका सर्मथकहरुलाई चुनावी परिणामबाट दुखी नहुन समेत आग्रह गरिन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad