ग्लोबल


ट्रम्पलाई ह्वाइट हाउसमा बाइडेनको स्वागत

ट्रम्पलाई ह्वाइट हाउसमा बाइडेनको स्वागत

ह्वाइट हाउसमा ट्रम्पलाई स्वागत गर्दै बाइडेन।


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार ८:१७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधबार साँझ नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन्।

ट्रम्प ह्वाइट हाउस पुग्दा जो बाइडेनले हात मिलाए। दुवैले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न पनि सहमति जनाएका छन्।

बैठकको सुरुवातमा बाइडेनले भने- चुनावमा विजयी भएकामा तपाईंलाई धेरै धेरै बधाई छ। हामी सहज रूपमा शक्ति हस्तान्तरणको आशा गर्दछौँ। हामी तपाईंलाई कुनै पनि समस्याको सामना नगर्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ। हामीले आज यसबारे कुरा गर्ने मौका पाउनेछौँ। तपाईलाई फेरि स्वागत छ।

बाइडेनको सम्बोधनपछि ट्रम्पले भने- धेरै धेरै धन्यवाद। राजनीति कठिन छ र धेरै अवस्थामा यो धेरै राम्रो संसार होइन। तर आज संसार राम्रो छ र म यसको कदर गर्छु। सहज शक्ति हस्तान्तरण सबै अर्थमा राम्रो हुनेछ। म यसको धेरै कदर गर्छु।

उपराष्ट्रपति तथा चुनावमा डेमोक्र्याटिक पार्टीबाट ट्रम्पसँग प्रतिस्पर्धा गरेकी कमला ह्यारिस भने बैठकमा उपस्थित नभएको बीबीसीको समाचारमा उल्लेख छ। 

जो बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा भेट्न केही दिनअघि नै निम्तो दिएका थिए। तर यसअघि सन् २०२० मा राष्ट्रपति चुनाव हार्दा ट्रम्पले बाइडेनलाई यसरी निमन्त्रणा गरेका थिएनन्। उनले बाइडेनको शपथ ग्रहण समारोह नै बहिष्कार गरेका थिए। यति मात्र होइन, चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पका समर्थकहरूले ह्वाइट हाउसमा अराजकतासमेत मच्चाएका थिए। 

तर बाइडेन आगामी जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad