ग्लोबल


शेख हसिनालाई बयान दिनबाट रोक्न भारतलाई बंगलादेशको अपिल

शेख हसिनालाई बयान दिनबाट रोक्न भारतलाई बंगलादेशको अपिल

फाइल तस्बिर: शेख हसिना


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १९:२९, काठमाडौँ

बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो देशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई बयान दिनबाट रोक्न भारतलाई अपिल गरेको बताएका छन्।

बिहीबारको साप्ताहिक प्रेस ब्रिफिङमा बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने गरेको बताए।

हसनका अनुसार बंगलादेश भारतमा बसेकी हसिनाले राजनीतिक बयान दिने पक्षमा नभएको कुरा भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराइएको छ। साथै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै शेख हसिनालाई यस्तो अभिव्यक्ति दिनबाट रोक्न आवश्यक रहेको पनि बताइएको छ।

विद्यार्थी आन्दोलन चर्किएपछि अगस्ट ५ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेकी थिइन्। अहिले उनी भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad