ग्लोबल


इरानले अस्वीकार गर्‍यो आफ्ना राजदूतले मस्कसँग भेटेको कुरा

इरानले अस्वीकार गर्‍यो आफ्ना राजदूतले मस्कसँग भेटेको कुरा

फाइल तस्बिर: इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई र इलोन मस्क


नेपालखबर
मंसिर २, २०८१ आइतबार ७:२०, काठमाडौँ

इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघका लागि इरानका राजदूतले यस हप्ता अमेरिकी अर्बपति इलोन मस्कलाई भेटेको समाचारको खण्डन गरेको छ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने- म यो समाचारलाई स्पष्ट रूपमा खण्डन गर्छु। 

अन्तर्वार्ताका क्रममा उनले  ‘अमेरिकी सञ्चारमाध्यममा यस्तो समाचार प्रकाशन भएकामा आश्चर्य लागेको’ बताए। 

यसअघि न्युयोर्क टाइम्सले मस्कसँगको यो भेट न्युयोर्कमा इरानका राजदूत आमिर सइद इरावानीको घरमा भएको भनी लेखेको थियो।

भेटमा दुई जनाबीच इरान र अमेरिकाबीचको तनाव कम गर्ने विषयमा छलफल हुने भएको भनिएको थियो।

न्युयोर्क टाइम्सले अमेरिका र इरानबीच कूटनीतिक सम्बन्ध नभएको लेखेको छ। 

सञ्चारमाध्यमका अनुसार यो भेटवार्तालाई व्यक्तिगत भेटका रूपमा लिइनेछ किनभने यो बैठक अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि मस्कलाई चयन गर्नुभन्दा एक दिनअघि भएको थियो।

यस विषयमा ट्रम्पका प्रवक्ता स्टिभन चेउङले भनेका छन्- हामी निजी बैठकबारे टिप्पणी गर्न सक्दैनौँ।

ट्रम्पले हालै इलोन मस्कलाई सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुख नियुक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad