ग्लोबल


बाइडेनसँग सीले भने- ‘म ट्रम्पसँग मिलेर काम गर्छु’

बाइडेनसँग सीले भने- ‘म ट्रम्पसँग मिलेर काम गर्छु’

सी जिनपिङ र जो बाइडेन वार्षिक एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा भाग लिन पेरु पुगेका थिए।


नेपालखबर
मंसिर २, २०८१ आइतबार ११:३६, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनले शनिबार पेरुमा भएको वार्षिक एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भेटवार्ता गरेका छन्।

बाइडेनसँगको पछिल्लो भेटमा सीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने बताएका छन्। भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा आएको उतारचढावलाई स्वीकार गरेका छन्।

सी र बाइडेनबीच व्यापार र ताइवान मुद्दामा तनाव कम गर्ने विषयमा पनि छलफल भएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयपछि विश्लेषकहरूले उनको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरेका छन्।

ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतसम्म कर बढाउने बताएका छन्। आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भनेका थिए।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी जनवरी २० देखि कार्यभार सम्हाल्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad