ग्लोबल


अनुमति पाएलगत्तै युक्रेनद्वारा रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार

अनुमति पाएलगत्तै युक्रेनद्वारा रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १९:३,

युक्रेनले अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरी आफूमाथि आक्रमण गरेको रुसले बताएको छ। अमेरिकाले त्यस्तो आक्रमणका लागि अनुमति दिएको एक दिनपछि युक्रेनले आक्रमण गरेको हो।

रुसको ब्रियान्स्क क्षेत्रमा मंगलबार बिहान आर्मी ट्याक्टिकल मिसाइल सिस्टमबाट आक्रमण भएको मस्कोको भनाइ छ।

पाँचवटा क्षेप्यास्त्र खसाइएको र एउटा क्षेप्यास्त्रको क्षतिग्रस्त हिस्सा खसेर सैन्य अखडामा आगलागी गराएको रुसको भनाइ छ।

युक्रेनले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरी पहिलोपटक रुसी भूमिमा आक्रमण गरेको हो।

सोमबार अमेरिकाले युक्रेनलाई सो हतियार प्रयोगको अनुमति दिएको थियो। जवाफमा रुसले आक्रमण भए ‘सुहाउँदो जवाफ दिइने’ बताएको थियो।

रुसको रक्षा मन्त्रालयले आक्रमण बिहान ३ः२५ मा भएको जनाएको छ।

युक्रेनी सेनाले ब्रियान्स्कमा आक्रमण भएको पुष्टि गरेको छ। यद्यपि, हतियारका विषयमा उसले केही बताएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad