ग्लोबल


गौतम अदानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

गौतम अदानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

फाइल तस्बिर: ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जिन पियरे र भारतीय अर्बपति गौतम अदानी


नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १०:३२, काठमाडौँ

अमेरिकी न्याय विभागले भारतका दोस्रो धनी व्यक्ति गौतम अदानीविरुद्ध घुसखोरी र ठगीको मुद्दा दायर गरेको छ।

अदानी र उनका सात सहयोगीविरुद्ध न्युयोर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ। 

यसैबीच यस विषयमा ह्वाइट हाउसले प्रतिक्रिया दिएको छ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जिन पियरेले भनिन्, ‘हामी यो आरोपबारे सचेत छौँ। यस विषयमा अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) र न्याय विभाग (डीओजी) ले मात्र थप जानकारी दिन सक्नेछन्।’

प्रवक्ता पियरेलाई गौतम अदानीविरुद्ध लगाइएको आरोपका कारण दुई देशबीचको सम्बन्धमा हानि पुग्छ कि भनेर सोधिएको थियो ।

जवाफमा उनले भारत र अमेरिकाबीचको सम्बन्धको आधार निकै बलियो रहेको दाबी गरन्। 

गौतम अदानीले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीका लागि २५ करोड डलर घुस दिएको आरोप लागेको हो।

तर अदानी समूहले आरोप अस्वीकार गर्दै निराधार भएको दाबी गरेको छ। 

अदानीलाई आरोप लागेपछि केन्या सरकारले अदानी समूहसँगका सबै सम्झौता रद्द गरेको घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad