ग्लोबल


इमरान खानको रिहाइ माग गर्दै निकालिएको जुलुसमा गोली चल्यो

इमरान खानको रिहाइ माग गर्दै निकालिएको जुलुसमा गोली चल्यो

पीटीआई कार्यकर्ताहरू डी चोक पुगेका छन् र त्यहाँ ठूलो संख्यामा पुलिस र रेन्जर तैनाथ छन्।


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १९:२८, काठमाडौँ

जेलमा रहेका आफ्ना नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै आन्दोलनमा उत्रिएका पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरूको विरोध जुलुसमा गोली चलेको छ।

खैबर पख्तुनख्वाबाट मंगलबार इस्लामावादको डी चोकमा पुगेका पीटीआई कार्यकर्ता/समर्थकको भीडमा गोली चल्दा ६ जना घाइते भएका छन्। 

बीबीसी हिन्दीका अनुसार घाइते सबै पीटीआई प्रदर्शनकारी हुन्। तर गोली कुन ठाउँबाट र कसले चलाएको हो भन्ने खुल्न सकेको छैन। 

घाइतेहरूलाई उपचारका लागि पोलीक्लिनिक अस्पताल लगिएको डीचोकमा कार्यरत प्रहरी अधिकृतले बताएका छन्। 

हाल डी चोकमा प्रहरी र रेन्जरका जवान तैनाथ गरिएको ती अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad