ग्लोबल


झारखण्डको मुख्यमन्त्रीमा सोरेनको शपथ आज

झारखण्डको मुख्यमन्त्रीमा सोरेनको शपथ आज

भारतीय गृहमन्त्री अमित शाहका साथ झारखण्डका नवनियुक्त मुख्यमन्त्री हेमन्त सोरेन।


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १०:६, काठमाडौँ

भारतीय राज्य झारखण्डको मुख्यमन्त्रीमा आज (बिहीबार) हेमन्त सोरेनले शपथ खाँदै छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार शपथ समारोह झारखण्डको राजधानी राँचीको मोरहाबादी मैदानमा अपराह्न ४ बजे हुनेछ। 

हेमन्त सोरेनले आफ्नो शपथ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललगायत शीर्ष नेतालाई निम्ता दिएका छन्। 

भर्खरै सम्पन्न विधानसभा चुनावमा झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ८१ सदस्यीय विधानसभामा ५६ सिट जितेको छ।

जसमा झामुमो एक्लैले ३४, कंग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपाले दुई सिट जितेका छन्।

हेमन्त सोरेन झारखण्ड राज्यको १४औँ मुख्यमन्त्री हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad