बाइडेन प्रशासनले इजरायललाई ६८ करोड डलरको हतियार बिक्री योजना अघि बढाएको छ।
गाजामा इजरायलले नरसंहार गरेको आरोप लागिरहँदा इजरायललाई अमेरिकाले सो हतियार बिक्री गर्न लागेको हो।
अन्तर्राष्ट्रिय अपराध अदालतले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसहितका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ।
यो प्याकेजमा हजारौँ जेडीएम र सयौँ बमहरू रहेको बताइएको छ।
इजरायलले हिजबुल्लाहसँग युद्धविराम गरेलगत्तै सो खाबर आएको हो। नेतन्याहुले युद्धविराम गर्नुपर्ने कारणहरूको सूचीमा हतियार भण्डार वृद्धिलाई पनि उल्लेख गरेका थिए।
‘म खुला रूपमा भन्छु, हतियार र गोलीगठ्ठा आपूर्तिमा निकै ढिलाइ भएको छ। ती ढिलाइ चाँडै समाधान हुनेछ,’ उनले भनेका थिए।
इजरायललाई हतियार बिक्री रोक्ने सीमित अमेरिकी सांसदहरूको प्रयास असफल हुँदै आएको छ।
युद्ध सुरु भएयता गाजामा करिब ४४ हजार मानिस मारिइसकेका छन् भने झण्डै सम्पूर्ण जनसंख्या विस्थापित भएको छ।
बाइडेन प्रशासनले युद्ध सुरु भएदेखि नै इजरायलको युद्धलाई दृढ समर्थन गर्दै आएको छ। एजेन्सी
Shares

प्रतिक्रिया