युक्रेनले बुधबार राति भएको आक्रमणमा रुसले आफ्नो पावर प्लान्टलाई निशाना बनाएको बताएको छ।
युक्रेनले रुसले देशभर यस्ता आक्रमण गरेको जनाएको छ।
"(युक्रेनको) ऊर्जा क्षेत्र फेरि ठूलो मात्रामा शत्रुको आक्रमणको चपेटामा परेको छ," युक्रेनका ऊर्जामन्त्री हर्मन हलुश्चेन्कोले सामाजिक सञ्जालमा लेखेका छन्।
युक्रेनको राजधानी किएभका मेयर भिटाली क्लित्सकोले रुसी आक्रमणका बेला राजधानीमा रहेको वायु रक्षा प्रणालीले काम गरिरहेको बताए।
रुसको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले रातारात चार क्षेत्रमा २५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।
102
Shares

प्रतिक्रिया