अफ्रिकी देश नामिबियाको राष्ट्रपतिमा पहिलोपटक महिला निर्वाचित भएकी छन्।
बीबीसीका अनुसार यसअघि उपराष्ट्रपति रहेकी नेतुम्बो नन्दी-नडैतवाह राष्ट्रपति बनेकी हुन्।
उनी सत्तारुढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्।
राष्ट्रपति निर्वाचनमा उनले ५७ प्रतिशतभन्दा बढी मत ल्याएकी छन् भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याएका छन्।
तर, पाण्डुलेनी इतुलाले शनिबार एनडैतवाहको पार्टीले निर्वाचन प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै निर्वाचनको परिणाम स्वीकार गर्न अस्वीकार गरेकी छन्।
नामिबियाको अखबारका अनुसार मंगलबार साँझ नामिबियाको राजधानी विन्डहोकका अधिकांश विपक्षी दलले चुनावी नतिजा बहिष्कार गरेका छन्।
87
Shares

प्रतिक्रिया