ग्लोबल


जेलेन्स्की भन्छन् : रुससँगको युद्धमा हालसम्म ४३ हजार युक्रेनी सैनिक मारिए

जेलेन्स्की भन्छन् : रुससँगको युद्धमा हालसम्म ४३ हजार युक्रेनी सैनिक मारिए

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १७:४९,

रुसी आक्रमण सुरु भएयता ४३ हजार युक्रेनी सैनिक मारिएको राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका छन्। 

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ३ लाख ७० हजार सैनिक घाइते भएको बताएका छन्।

रुसतर्फ भने १ लाख ९८ हजार सैनिक मारिएको र ५ लाख ५० हजार घाइते भएको उनको दाबी छ।

तर, यी आँकडा स्वतन्त्र रुपमा पुष्टि भएका होइनन्।

गत फेब्रुअरीमा युक्रेनले मृतक सैनिक संख्या ३१ हजार पुगेको बताएको थियो।

हालै अमेरिकामा चुनाव जितेका डोनाल्ड ट्रम्पले युक्रेनले ४ लाख सैनिक गुमाएको बताएपछि जेलेन्स्कीले यो तथ्यांक अगाडि सारेका हुन्।

रुसले भने कुर्स्क क्षेत्रमा मात्रै ३८ हजार युक्रेनी सैनिक मारिएको दाबी गरेको छ।

यी दुवै मुलुक आफ्नो तर्फको क्षति सार्वजनिक गर्न हिच्किचाउँदा विपक्षीको क्षति भने बढाइचढाइ गर्ने गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad