अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) का निर्देशक क्रिस्टोफर रेले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै आफ्नो पदबाट राजीनामा दिने बताएका छन्।
वास्तवमा ट्रम्पले राष्ट्रपतिको पद ग्रहण गर्नेबित्तिकै क्रिस्टोफर रेलाई पदबाट हटाउने संकेत गरेका थिए।
बीबीसीका अनुसार रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। केही साताको विचारविमर्शपछि आफूले पदबाट राजीनामा दिने निर्णय गरेको रेले बताए।
ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसकेका छन्।
क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा नियुक्त गरेका थिए। उनी १० वर्षका लागि नियुक्त भएका थिए।
तर ट्रम्प अघिल्लो राष्ट्रपति चुनाव हारेपछि एफबीआईले उनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो। यसका लागि रेले रिपब्लिकनहरूको आलोचनाको सामना गर्नुपरेको थियो।
नवनिर्वाचित ट्रम्पले आगामी जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्दै छन्।
Shares

प्रतिक्रिया