ग्लोबल


इजरायलद्वारा गोलान हाइट्स क्षेत्रबारे नयाँ योजना घोषणा

इजरायलद्वारा गोलान हाइट्स क्षेत्रबारे नयाँ योजना घोषणा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
पुस १, २०८१ सोमबार ७:९, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशले कब्जा गरेको सिरियाको गोलान हाइट्स क्षेत्रका लागि नयाँ योजना घोषणा गरेका छन्।

बीबीसीका अनुसार उनले यो नयाँ योजनाअन्तर्गत गोलान हाइट्समा इजरायलीहरुको जनसंख्या दोब्बर हुने बताएका हुन्।

इजरायलले सन् १९६७ मा गोलान हाइट्स कब्जा गरेको थियो। नेतन्याहुका अनुसार सिरियाको अवस्थालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।

गोलान हाइट्स दक्षिण-पश्चिम सिरियाको चट्टानी पठार हो। इजरायलले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने र बसोबास गरेर समृद्ध बनाउने नेतन्याहुले बताएका छन्।

हाल २० हजारभन्दा बढी जनसंख्या भएको गोलान हाइट्स क्षेत्रमा ३० भन्दा बढी इजरायली बस्ती छन्।

इजरायलले सन् १९८१ मा गोलान हाइट्स पूर्ण रूपमा कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले भने मान्यता दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad