ग्लोबल


प्रधानमन्त्रीसँग मतभेद भएपछि क्यानडाकी अर्थमन्त्रीले दिइन् राजीनामा

प्रधानमन्त्रीसँग मतभेद भएपछि क्यानडाकी अर्थमन्त्रीले दिइन् राजीनामा

प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको मतभेदका कारण क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले आफ्नो पदबाट राजीनामा दिएकी छन्।


नेपालखबर
पुस २, २०८१ मंगलबार ७:२, काठमाडौँ

क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले पदबाट राजीनामा दिएकी छन्।

उनले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थमन्त्रीबाट राजीनामाको घोषणा गरेकी हुन्।

राजीनामा पत्र उनले सोसल मिडिया एक्समा सार्वजनिक गरेकी छन्।

पत्रमा उनले लेखेकी छन्, ‘शुक्रबार तपाईंले मलाई अब अर्थमन्त्री बनाउन नचाहेको बताउनुभयो र मलाई मन्त्रिपरिषद्‌मा अर्को पद प्रस्ताव गर्नुभयो, धेरै सोचविचारपछि म मन्त्रिपरिषद्‌बाटै राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पुगेको छु। यो मात्र इमानदार कदम हो।’

उनले यो पनि लेखेका छन्, ‘विगत केही सातादेखि तपाईं र मबीच क्यानडाको भविष्यलाई लिएर असहमति छ। आज हाम्रो देश गम्भीर चुनौतीको सामना गरिरहेको छ। अमेरिकामा आउने प्रशासनले आक्रामक आर्थिक राष्ट्रवादको नीति अपनाइरहेको छ, जसमा २५ प्रतिशत शुल्क लगाउने धम्की पनि समावेश छ। त्यसलाई गम्भीरताका साथ लिन आवश्यक छ।’

हेर्नुहोस् उनको राजीनामा पत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad