ग्लोबल


पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार कम्पनीविरुद्ध अमेरिकाले लगायो प्रतिबन्ध

पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार कम्पनीविरुद्ध अमेरिकाले लगायो प्रतिबन्ध

नेपालखबर
पुस ४, २०८१ बिहिबार ९:५५, काठमाडौँ

अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार कम्पनीविरुद्ध प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले सोसल मिडिया प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिअनुसार चार पाकिस्तानी कम्पनीहरू नेसनल डेभलपमेन्ट कम्प्लेक्स, अख्तर एन्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेसनल र रकसाइड इन्टरप्राइजलाई अमेरिकाले प्रतिबन्ध लगाएको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्यले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनीहरूलाई प्रतिबन्ध लगाइएको छ। हामी हाम्रा चिन्ताका विषयमा स्पष्ट छौँ र हामी यस विषयमा पाकिस्तानसँग संवाद जारी राख्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad