सिरियाको सत्ताबाट च्युत भएपछि रुसमा शरण लिइरहेका बसर अल असदकी पत्नीले उनीसँग सम्बन्धविच्छेद मागेको खबर झुटो भएको रुसले जनाएको छ।
टर्कीका सञ्चारमाध्यमले आस्मा अल असदले पतिसँग सम्बन्धविच्छेदका लागि रुसमा मुद्दा दायर गरेको उनी बेलायत सर्न खोजेको खबर प्रकाशित गरेका थिए।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले टर्किस सञ्चारमाध्यममा आएको यो खबर झुटो भएको बताए।
ती सञ्चारमाध्यमले असद मस्कोमा बन्दी बनाइएका र उनको सम्पत्ति रोक्का गरिएको खबर पनि छापेका थिए। सो खबर पनि झुटो भएको पेस्कोवको भनाइ छ।
आस्मा बेलायतमी जन्मेकी हुन्। उनको बेलायती र सिरियाली गरी दोहोरो नागरिकता छ।
असद दम्पतीका तीन सन्तान छन्। एजेन्सी
81
Shares

प्रतिक्रिया