ग्लोबल


इरानले हटायो ह्वाट्सएप, गुगल प्लेविरुद्धको प्रतिबन्ध

इरानले हटायो ह्वाट्सएप, गुगल प्लेविरुद्धको प्रतिबन्ध

नेपालखबर
पुस १०, २०८१ बुधबार १४:४, तेहरान

इरानी अधिकारीहरूले आधिकारिक रूपमा ह्वाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ। यसले देशको इन्टरनेट प्रतिबन्धमा महत्त्वपूर्ण परिवर्तन गरेको छ।

शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख विश्वव्यापी प्लेटफर्ममा पहुँच प्रतिबन्धित इन्टरनेट नाकाबन्दीलाई सहज बनाउने दिशामा नयाँ कदमको संकेत गर्छ।

तीनै तहका सरकारका प्रमुख, मन्त्री र सर्वोच्च परिषद्का सदस्यहरुको सहभागितामा मंगलबार बसेको बैठकमा इन्टरनेट सुशासन र प्रतिबन्धसम्बन्धी नीतिको पुनरवलोकन र समायोजन गर्ने विषयमा छलफल भएको थियो।

सम्बन्धित अधिकारीहरूको मूल्यांकनको प्रस्तुतीकरण पछि काउन्सिलले अवस्थित इन्टरनेट प्रतिबन्धमा परिवर्तन अनुमोदन गर्‍यो। 

इरानका सूचना तथा सञ्चार प्रविधि मन्त्री सत्तार हाशेमीले भने,‘आज हामीले एकता र सहयोगका साथ इन्टरनेट प्रतिबन्ध हटाउनेतर्फ पहिलो कदम चालेका छौँ। यस प्रयासको लागि म अध्यक्ष, सञ्चारकर्मी र कार्यकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्दछु।’

इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) रिपोर्टअनुसार, प्रतिबन्ध हटाउने कदम इरानी सरकारको डिजिटल परिदृश्य प्रबन्ध गर्न व्यापक दृष्टिकोणअनुरूप छ। यसले नियमन गरिएको साइबरस्पेस शासनको महत्त्वलाई जोड दिन्छ।

इन्टरनेट प्रतिबन्धहरू हटाउने राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो राष्ट्रपति अभियानको क्रममा गरेका प्रमुख प्रतिज्ञामध्ये एक थियो।

यद्यपि, प्रगतिका बाबजुद सरकारले आफ्नो दृष्टिकोणले ह्वाट्सएप र गुगल प्लेजस्ता विश्वव्यापी सेवाहरूको पुनः परिचयसँगै स्थानीय प्लेटफर्मको विकास र प्रयोगलाई प्राथमिकता दिने कुरामा जोड दिएको छ।

यी परिवर्तन देखापर्दा स्थानीय व्यवसाय र व्यक्तिगत प्रयोगकर्ता दुवैमा व्यापक प्रभाव अझै पूर्ण रूपमा मूल्यांकन गर्न बाँकी छ। प्रतिबन्ध सहज बनाउनु इरानमा इन्टरनेट स्वतन्त्रताको लागि एक महत्त्वपूर्ण कदम हो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad