ग्लोबल


मोजाम्बिकमा जारी विरोध प्रदर्शनका बीच जेलबाट भागे १५०० कैदी

मोजाम्बिकमा जारी विरोध प्रदर्शनका बीच जेलबाट भागे १५०० कैदी

नेपालखबर
पुस ११, २०८१ बिहिबार १०:०, काठमाडौँ

अफ्रिकी देश मोजाम्बिकको प्रहरीले चुनावी नतिजाविरुद्ध जारी हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै जेलबाट १५०० भन्दा बढी कैदी भागेको बताएको छ।

देशका प्रहरी प्रमुख बर्नार्डो राफेलले सुरक्षा गार्डसँगको झडपमा ३३ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताएका छन्।

कारागारबाट भागेका १५० भन्दा बढी कैदीलाई पुनः पक्राउ गरिएको उनको भनाइ छ।

अदालतको फैसलापछि मोजाम्बिकमा सोमबारदेखि प्रदर्शन भइरहेको छ। अदालतले अक्टोबरमा भएको निर्वाचनमा सत्तारुढ फ्रेलिमो पार्टीको जितको पक्षमा फैसला गरेको थियो।

यो पार्टी मोजाम्बिकमा सन् १९७५ देखि सत्तामा छ। अक्टोबरमा भएको विवादास्पद निर्वाचनपछि देशमा अशान्ति छाएको छ।

प्रहरी प्रमुख राफेलले बुधबार सरकारविरोधी संगठनका प्रदर्शनकारी राजधानीको कारागारमा पुगेको र यही मौकामा कैदीहरू कारागारको पर्खाल भत्काएर भागेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad