ग्लोबल


भारतका पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि आज

भारतका पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि आज

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थीव शरीरमा श्रद्धाञ्जली दिइँदै। तस्बिर : आजतक


नेपालखबर
पुस १३, २०८१ शनिबार १३:९, काठमाडौँ

भारतको आर्थिक उदारीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उनका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन्।

सन् २००४ देखि २०१४ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएपछि सात दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ।

फूलको मालाले ढाकिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नयाँ दिल्लीस्थित कांग्रेस पार्टीको मुख्यालयमा लगिएको छ।

उनको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानका साथ आजै अन्त्येष्टि गरिनेछ।

उनको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको सहभागिता हुने बताइएको छ। प्रधानमन्त्री मोदी सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन्।

कर्मचारीबाट राजनीतिमा आएका पूर्वप्रधानमन्त्री सिंहको पहिलो कार्यकालमा आर्थिक उछालका लागि उनलाई उच्च सम्मान गर्ने गरिएको छ। 

सिंहको दोस्रो कार्यकालमा भने केही भ्रष्टाचारका ठूला काण्ड, सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको शृङ्खलापछि सन् २०१४ मा काङ्ग्रेसबाट प्रतिस्पर्धी भारतीय जनता पार्टीले सत्ता लिन सफल भएको थियो।

सन् १९३२ मा हाल पाकिस्तानमा रहेको गह गाउँमा जन्मिएका सिंहले तत्कालीन बेलायतशासित भारतमा गरिबी उन्मूलनको उपाय खोज्न अर्थशास्त्रको अध्ययन गरेको बताउँथे। 

उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए भने अक्सफोर्डबाट विद्यावारिधि पूरा गरेका थिए।

सिंहले वरिष्ठ निजामती सेवामा उत्कृष्ट प्रदर्शन गरेका थिए। 

भारतीय केन्द्रीय बैङ्कको गभर्नरका रूपमा काम गरेका उनले संयुक्त राष्ट्र सङ्घलगायत विश्वव्यापी निकायमा विभिन्न कामको नेतृत्वसमेत गरेका थिए। 

सन् १९९१ मा तत्कालीन कांग्रेस प्रधानमन्त्री पीभी नरसिंह रावले उनलाई अर्थमन्त्रीका रूपमा सेवा गर्ने र भारतलाई आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट मुक्त गर्ने जिम्मा दिएका थिए। उनी अर्थमन्त्रीका रूपमा दिएको सफलताले उनलाई दुई कार्यकालसम्म प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।

आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्दै भारतीय अर्थतन्त्रलाई कुशल नेतृत्व दिएका थिए। 

उनले संयुक्त राज्य अमेरिकासँग ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए, जसले भारतलाई भारतको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad