दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ।
सामाजिक सञ्जालमा दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ, जसमा विमान विस्फोट भएको देख्न सकिन्छ।
दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भएको छैन।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सप्रेसले अहिलेसम्म २८ जनाको मृत्यु भएको जनाएको छ।
योनहेपले फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै उद्धार एजेन्सीले विमानको पछाडिबाट यात्रुहरूलाई बाहिर निकालेको बताएको छ।
हेर्नुहोस् भिडिओ-
BREAKING: Video shows crash of Jeju Air Flight 2216 in South Korea. 181 people on board pic.twitter.com/9rQUC0Yxt8
— BNO News (@BNONews) December 29, 2024
1.5k
Shares

प्रतिक्रिया