दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ।
बीबीसीका अनुसार यो खबर बनाउँदासम्म प्रहरीले उनलाई पक्रिसकेको छैन।
बरु गिरफ्तारीको विरोधमा उनका समर्थक ठूलो संख्यामा भेला भएका छन्।

पूर्वष्ट्रपति युनको सुरक्षा बलले प्रहरीलाई उनीसम्म पुग्नबाट रोकेको छ।
युनले यही डिसेम्बर ३ राति अचानक मार्सल लको घोषणा गरेका थिए। चर्को विरोध भएपछि ६ घण्टामै उनले आफ्नो निर्णय फिर्ता लिएका थिए।
महाभियोग लगाएर राष्ट्रपति पदबाट निलम्बन गरेपछि युनविरुद्ध यसै हप्ताको सुरुमा पक्राउ पुर्जी जारी गरिएको थियो।
तर युनलाई देशको संवैधानिक अदालतको फैसलापछि मात्र पदबाट हटाउन सकिनेछ।
यसैबीच उत्तर कोरियाबाट पनि प्रतिक्रिया आएको छ।
त्यहाँको सरकारी मिडियाले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को अवस्था रहेको बताएको छ।
Shares

प्रतिक्रिया