ग्लोबल


बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया उपचारका लागि लन्डन प्रस्थान

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया उपचारका लागि लन्डन प्रस्थान

फाइल तस्बिर: बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया


नेपालखबर
पुस २४, २०८१ बुधबार ९:११, काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की प्रमुख खालिदा जिया उपचारका लागि लन्डन प्रस्थान गरेकी छन्।

बीबीसीको बंगाली सेवाका अनुसार उनी मंगलबार राति १० बजे कतारले पठाएको एयर एम्बुलेन्समा लन्डन प्रस्थान गरेकी हुन्।

बीएनपीका सहमहासचिव रुहुल कबिर रिजवीद्वारा जारी विज्ञप्तिमा खालिदा जिया राति ८ बजे गुलसन हाउसबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेको उल्लेख गरिएको छ।

खालिदा जिया (दायाँ) एयरपोर्ट जाँदै

लन्डन पुगेपछि उनलाई सिधै क्लिनिकमा भर्ना गरिने छ।

डाक्टरको अनुरोधमा उनलाई अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी अस्पतालमा पनि उपचारका लागि लैजान सकिन्छ।

खालिदा जिया कलेजो सिरोसिस, मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित छिन्।

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि खालिदा जिया जेलबाट रिहा भएकी हुन्। उनी भ्रष्टाचार मुद्दामा जेल परेकी थिइन्।

उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad