ग्लोबल


अमेरिकामा जारी आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

अमेरिकामा जारी आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रहरूमा फैलिएको छ।


नेपालखबर
पुस २६, २०८१ शुक्रबार २०:१७, काठमाडौँ

अमेरिकाको लस एन्जलसस्थित जंगलमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।

बीबीसीका अनुसार लस एन्जलस काउन्टीस्थित मेडिकल परीक्षक विभागले यो पुष्टि गरेको हो।

यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा 'जीवन र सम्पत्तिको सुरक्षा' गर्न आगामी ६ महिनाको खर्च सरकारले बेहोर्ने घोषणा गरेका छन्।

लस एन्जलस काउन्टी मेडिकल परीक्षकले आगलागीमा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ।

‘मृतकको पहिचान गर्न धेरै हप्ता लाग्न सक्छ, किनभने आगोको अवस्था र सुरक्षा चिन्ताका कारण मेडिकल परीक्षक विभाग मृत्युस्थलमा पुग्न सकिरहेको छैन’, उनले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad