ग्लोबल


पुटिनलाई ट्रम्पको चेतावनीः युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसविरुद्ध प्रतिबन्ध बढ्नेछ

पुटिनलाई ट्रम्पको चेतावनीः युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसविरुद्ध प्रतिबन्ध बढ्नेछ

नेपालखबर
माघ ९, २०८१ बुधबार ८:२८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न वार्ता गर्न तयार नभए रुसविरुद्ध अमेरिकी प्रतिबन्ध अझ बढाउन सक्ने चेतावनी दिएका छन्।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा यस विषयमा गरिएको प्रश्नमा उक्त जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। 

ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र चाँडै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन्।

यस क्रममा ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नै नहुने दाबी पनि गरे। 

डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा खर्च २ प्रतिशतबाट ५ प्रतिशत पुर्‍याउनुपर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad