ग्लोबल


गणतन्त्र दिवसमा प्रमुख अतिथि बन्न भारत आइपुगे इन्डोनेसियाका राष्ट्रपति

गणतन्त्र दिवसमा प्रमुख अतिथि बन्न भारत आइपुगे इन्डोनेसियाका राष्ट्रपति

नेपालखबर
माघ ११, २०८१ शुक्रबार ९:५५, काठमाडौँ

इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्टो बिहीबार राति दिल्ली आइपुगेका छन्।

उनी भारतको ७६औँ गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिका रूपमा दिल्ली आएका हुन्।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो। 

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिल्ली पुगेपछि प्रबोवो सुबियान्टोलाई विमानस्थलमा विदेश राज्यमन्त्रीले स्वागत गरिएको बताए।

उनले भने, "यो भ्रमणले भारत र इन्डोनेसियाबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ बलियो बनाउनेछ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad